श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व आज बिहीबार सूर्य भगवान् र छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

कात्तिक महिनाको शुक्ल पक्षको चौथो तिथिदेखि सुरु हुने छठ पर्व मुख्य रूपमा चार दिनसम्म चल्छ । पर्वको पहिलो दिन मङ्गलवार व्रतालुहरूले नहाय-खाय विधि सम्पन्न गरेका थिए । यस विधिमा व्रतालुहरूले बिहानै नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । यस दिन प्याज र लसुन नमिलाउने परम्परा र उपास्य देवतालाई ध्यानमा राखेर आहार चयन गरिन्छ । यस दिनको प्रमुख उद्देश्य शारीरिक र मानसिक शुद्धता प्रकट गर्नु हो ।

दोस्रो दिनलाई खरना अर्थात् स्थानीय भोजपुरी भाषाअनुसार रसियाव रोटी विधि भनिन्छ । बुधवार खरनाका दिन व्रतालुहरूले दिनभरि उपवास गरेपछि साँझ दूध र चामलसँग बनेको खिर (रसियाव) सहित मिठाइहरू, केरा र फलफूलका अन्य सामग्रीसँग पूजाका लागि सजाएर छठी मातालाई अर्पण गरेर र परम्परा अनुसार घरका सबै सदस्यलाई प्रसादका रूपमा वितरण गरेका थिए । यस विधिको उद्देश्य समृद्धि र सुख प्राप्तिको निम्ति छठी मातालाई सम्मान र आशीर्वाद प्राप्त गर्ने हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर