बिश्वास सम्बादाता
बारा, १ मंसिर
प्रसौनी गाउँपालिका वडा नं. ५ बेलहिया पंचायत घरको प्राङ्गणमा आज प्रसौनी गाउँपालिका वडा नं.५ र ६ का स्थानियहरुको नि:शूल्क आँखा शिविर सम्पन्न भएको छ।
सो शिविरमा २०५ जना भन्दा बढि मानिसहरूको आँखाको परीक्षण गरिएको थियो जसमा ६० जना जतिमा मोतियाबिंदु फेला परेको थियो। मोतियाबिंदुका बिरामीहरुको नि: शूल्क शल्यक्रिया, चस्मा तथा औषधि समेत प्रदान गरिने माट्रिका आई फाउण्डेशनका कोअर्डिनेटर राज किशोर गुप्ताले जानकारी गराए।
माट्रिका आई फाउण्डेशन विरगंज पानीटंकीको सहयोग तथा नेपाली काँग्रेस प्रसौनी गाउँपालिका ६ को आयोजनामा उक्त शिबिर सम्पन्न भएको हो।
गौरीशंकर साहको सभापतित्व तथा नेपाली काँग्रेस बाराका जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतमा सम्पन्न शिविरमा विशिष्ट अतिथिहरू नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता, नेपाली काँग्रेस क्षेत्र नं. ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह, ई.प्र.का. प्रसौनी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश राज भट्ट,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र प्रसाद पटेल, कांग्रेस जिल्ला सदस्यहरू नन्देश पटेल, सुरेश साह, राजकिशोर साह, सोनालाल मंडल, क्षेत्रीय सह सचिव नाजिर अंसारी,वडा सदस्य प्रमोद प्रसाद कुशवाहा, युवा नेताहरु संतोष कुमार साह, बोधनाथ जैसवाल , उपेन्द्र कुमार यादव, गिरधारी साह, जमुना रामबाबु साह लगायतको सहभागिता रहेको थियो।







