साजिर मन्सूर 

कलैया,मङ्सिर १

संघीयता अहिले खतरामा भएको जसपा नेपालका नेता एवम कलैया उपमहानगरपालिका वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादवले बताएका छन ।

जनता संग ज.स.पा.नेपाल संगठन सुद्रिढीकरण अनतरगत कलैयाको करण राज प्यालेसमा बारा क्षेत्र नं.३ क्षेत्रिय बैठकलाई स्वागत मन्तब्य सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । यादवले कहि नभएको जात्रा नेपालमा भैरहेको भन्दै काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनु यसको प्रमुख उदाहरण भएको बताए । संघीयतालाई जसपा नेपालले कुनै असर हुन नदिने बताएका छन । उनले जसपा नेपाल अब बारामा थप शसक्त पार्टी भएर आउने बताउदै सबै जसपा नेपालका नेता कार्यकर्ता लाई उच्च मनोबलका साथ अगाडी बढ्न बताए ।

कार्यक्रममा प्रमुख अतिथी जसपा नेपालका राष्टिय अध्यक्ष उपेन्द्र यादव,बिसिष्ठ अथिती पुर्व मुख्य मंत्री लालबाबु राउत गदी,पुर्व मधेस प्रदेश अध्यक्ष रामबाबु यादव,नेता राम किशोर यादव सहित नेता तथा कार्यकर्ता को उपस्तिथी रहेको लक्ष्मी यादवले जानकारी गराए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर