साजिर मन्सूर 

कलैया,मङ्सिर ८

बाराको सदरमुकाम कलैयामा रहेको शिक्षा छेत्रकै लोकप्रिय बाल एकता बोर्डिङ स्कुल तथा प्लस टु बिज्ञान एवम म्यानेजमेन्ट कलेज ले कक्षा ११ मा भर्ना भएका बिज्ञान तथा ब्यवस्थापन संकायका बिद्यार्थीहरुलाई भब्य स्वागत कार्यक्रम गरि स्वागत गरेको छ । कलैयाको करण राज प्यालेसमा कार्यक्रमको आयोजना गरिएको थियो ।

आजको प्रतिस्पर्धाको युगमा बिद्यार्थी भाईबहिनिहरुलाई बिधालय बाहिरको समेत बाताबरण मा घुलमेल जरुरी भएका कारण जिल्ला बाहिरै नै राम्रो खालका होटेलमा कार्यक्रमको आयोजना गरिएको बिधालय प्रबन्ध निर्देशक प्रीन्सिपल तथा संचालक सुमोध सरार्फले भने । सरार्फले बारा जिल्ला जस्तो औद्योगिक एवम ब्यवसायीक जिल्लामा समेत अहिलेको समयमा दक्ष ब्यवस्थापकिय जनशक्ति उत्पादनका लागि युगको माग बमोजिमको शिक्षा दिने बिधालयको खाचो भएका बेला हामिले यो जिम्मेवारी सहर्ष स्विकार्दै अगाडि बढेको र यसमा बाराका आम अभिभावकले हामिलाई साथ दिइरहेको बताए । बिज्ञान पढ्नकै लागि जिल्ला बाहिर टाढा टाढा आ आफ्ना नानिबाबुहरुलाई पठाउनुपर्ने बाध्यता अब नरहेको समेत स्वर्णकारले बताएका छन । शुरु शुरुमा बिज्ञान तथा ब्यवस्थापन संकाय सन्चालन गर्दा अत्यन्तै कठिनाई भए पनि अब कलैया तथा चरवन्तका अभिभावकले बाल एकतालाई अत्यन्तै माया गरेर बिश्वास साथ बिद्यार्थी दिने गरेका प्रती वहाहरुको भरोसा आफुहरुले कहिल्यै टुट्न नदिने बताए ।

प्रीन्सिपल सरार्फले बाल एकतामै आ आफ्ना नानिबाबुहरुलाई पढाए पैसा र समय को बचत का साथै आफ्नो हृदयका टुक्रा छोराछोरी हरु आफ्नो नजरका सामने रहने र यसले गर्दा विभिन्न खालका कुलतमा फस्ने डर समेत नहुने भएकाले यसमा सबै अभिभावकको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।

 

२०७७ सालबाट शुरु गरिएको बिज्ञान संकायमा पहिलो बर्ष जम्मा ८ जना अर्को बर्ष १८ जना गर्दै यो बर्ष ३० जना बिद्यार्थीहरु भर्ना भएको बिधालयका बिज्ञान तथा ब्यवस्थापन संकाय का कोअर्डिनेटर प्रीन्स कुमार सिंहले स्वागत मन्तब्य दिदै बताए । यो बर्ष बिज्ञान संकायमा २८ जना र ब्यवस्थापन संकायतर्फ ४८ जना गरि ७६ जना नया बिद्यार्थी भर्ना भएको सिंहले जानकारी गराएका छन । सिंहले निरन्तर समाजको माग बमोजिमको शिक्षा उपलब्ध गराउने हाम्रो अभियान जारी रहने समेत बताएका छन ।

बाल एकता सेकेन्डरी स्कुल कलैयाका संचालक समिती संयोजक भोला साह सोनारको अध्यक्षता एवम कलैया उपमहानगरपालिका को शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रल्हाद बर्णवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल एकताको सह प्रबन्धक संगीता सरार्फ,नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल,समाजसेवी किशोरी राम,श्री महाबिर नेरा माबी ब्रहमपुरी का प्रधानाध्यापक रमेश कुश्वाहा,नरेन्द्र कुमार निधि,अकबर हुसेन,बिके कर्ण,अशोक कुश्वाहा,बृजेश उपाध्याय, शिक्षकहरु शिवकुमार लगायत बाराका विभिन्न बिधालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बिधालयका शिक्षक अनुज श्रीवास्तव कार्यक्रमको कार्यक्रमको सन्चालन गरेका थिए । सो कार्यक्रममा सहायक उदघोषकका रुपमा बिधालयका बिद्यार्थीहरु आदित्य पाण्डे र राबिया आलमले समेत सघाएका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर