साजिर मन्सूर
कलैया,मङ्सिर १०
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज श्रीपुर मनहर्वाको आज बिधिवत रुपमा डोङ्गा पुजा सम्पन्न भएको छ । मिलका सन्चालक द्वय बिरेन्द्र संघाई तथा राजकुमार अग्रवालको विशेष उपस्थितिमा पुजा सम्पन्न भएको हो । प्रती बर्ष चिनिमिलमा उखु क्रसिङ्ग भन्दा पहिले विशेष पुजापाठ गरि मिल सन्चालन हुने परमपरा रहदै आए अनुसार सो पुजा गरिएको हो । डोङ्गा पुजा भए सङ्गै उखु किसानहरुमा खुशियाली छाउने उखु किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुश्वाहाले जनाए ।
मिलका संचालक मध्येका सन्दिप अग्रवाल पुजामा बसेका थिए ।
पछिल्लो बर्ष २३ लाख ६५ हजार क्विन्टल उखु क्रसिङ्ग भएकोमा यो बर्ष ३० लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको मिलका उखु प्रबन्धक एचके शर्माले जानकारी गराए । शर्माले सहज उखु चलान तथा भुक्तानी गर्ने नेपालको एक नम्बर चिनिमिल रिलायन्स चिनिमिल रहेको सारा नेपाली उखु किसानलाई थाहा भएकोले यो नै हाम्रो बलियो आधार भएको बताएका छन ।
मिल चल्ने अवस्थामा रहेको तर गढिमाई मेलाको ट्राफिक जामका कारण केही दिन ढिलो सुचारु हुने मिलका सन्चालक राजकुमार अग्रवालले उखु किसान सङ्गको कुराकानीमा बताए । अग्रवालले मेलाको बलिदान सकिएको भोलिपल्ट अर्थात मङ्सिर २४ गते नै चलान दिन शुरु गरिने प्रतिबद्धता जनाए ।
सो अवसरमा उखु किसान संघ बाराका सल्लाहकार मुकेश कुश्वाहा,रामानन्द यादव,सुरक्षा निकायका प्रमुख उप प्रमुखहरु,







