बाराको बरियारपुर स्थित रहनुभएको विश्वप्रसिद्ध शक्तिपीठ गढीमाताको यस बर्ष फेरी पाँच बर्षपछी भब्य मेला लागेको छ ।असोज १७ गते अर्थात घटस्थापनादेखि नै सुरु भएको गढीमाताको मेला मङ्सिर २३ गतेदेखि विधिवत रुपमा सुरु हुदैछ । बढ्दो प्रविधिका कारण विश्वभर चर्चामा भईरहेको गढीमाई मेलाको बारेमा बिभिन्न खोज सुरु भएको छ ।

करिब ८ सय बर्ष पहिला बाराका परियावपुर निवासी भगवान चौधरीको घरमा चोरी गर्न आएका चोरका समुहलाई स्थानीयले समातेर कुटपिट गरी हत्या गरेका थिए । त्यपछि सरकारी निकायले चौधरीलाई पक्राउ गरी काठमाण्डौको जेलमा कैद गरि अनुसन्धान गर्दै थियो ।यदपि चौधरीले चोरहरुलाई मार्नु भएको थिएन ।
चौधरी भक्तिभाव भएका ब्यक्ति हुनुहुन्थ्यो । कारागारमै उहाँ आफ्ना भक्तिभावमा बिभिन्न देवीदेवताको पुजापाठ गर्नुहुन्थ्यो । एकदिन उहाँ समक्ष एकजना देवी आउनुभयो र भन्नुभयो मैले भनेको कुरा मान्यो भने तिमि जेल मुक्त हुन्छौ ।

त्यो देवी अरु कोहि नभएर माता गढी हुनुहुन्थ्यो । चौधरीले भन्नुभयो के कुरा छ भन्नु तर गढीमाताले होईन तिमि पहिला प्रतिबद्धता गर मलाई याहाबाट आफ्ना गाउँमा लैजानु पर्छ अनि भन्छु ।चौधरीले आफु जेलमा बन्द रहेको हुदा कसरी आफ्ना तपाइँलाई लिएर जान सक्छु भनेर प्रश्न गर्नुभयो ।

गढीमाताले पहिला तिमि प्रतिबद्धता गर उपाय म बताउछु भनेपछि चौधरीले हुन्छ म तपाइँलाई आफ्नो गाउँ लैजान्छु भनेर प्रतिबद्धता गर्नुभयो । त्यसपछी माताले मेरो पैतालाको धुलो उठाउ र आफ्नो पगरीमा बाध्नु र मेरो त्रिशुल लिएर अगाडी बढ्नु जेलको ढोका आफै खुल्छ तर एउटा अझ प्रतिबद्धता तिमीले गर्नु पर्छ ।

चौधरी भन्नुभयो अब कस्तो प्रतिबद्धता तब माता गढीले तिमि प्रत्येक बर्ष मेरो मेला लगाउनु पर्छ र बलि दिनुपर्छ भनेर प्रतिबद्धता गर अनि म जान्छु भन्नुभयो ।त्यपछि चौधरी अलि समय सोचेर भन्नुभयो म प्रत्येक साल मेला लगाउन र बलि दिन सक्दैन तर प्रत्येक पाँच बर्षमा एकचोटी मेला लगाउन र बलि दिन सक्छु यसबीचमा म तपाइको पुजापाठ सधै गर्छु ।

चौधरीको यो कुरा माताले स्वीकार गर्नुभयो र भन्नुभयो अब तिमि हिड । चौधरीले माताको पैतालाको धुल ठाउकोमा बाँधेर हातमा देवीको त्रिशुल लिएर अगाडी बढ्दै जादा जेलका सबै पहरेदार निदाए र जेलको ढोका आफै खुले ।

त्यहाँबाट रातोरात मातासंगै हिडेर बाराको बरियारपुरमा उहाँ आउनुभयो । यसबीचमा हिड्ने बेलामा चौधरी आफ्नो खुटा धर्तीमा टेकेको महसुस गर्नुभएको जस्तो लादेन थियो अर्थात उहाँ आफु उडेको महसुस गर्नुभएको थियो ।

मातालाई ल्याएर पहिलो बिश्राम वर वृक्षको तल गराउनुभयो जुन आज ब्रह्म बाबा स्थानको नाउँले प्रचलित छ । त्यपछि उहाँले आफ्ना कुरा गाउलेहरुसंग सुनाउनुभयो र माताको स्थपना भयो ।
त्यसको केहि दिनमा बरियरपुरमा अकालैमा मान्छेहरुको मृत्यु हुन् थाल्यो र गाउँलेहरु चिन्तित भए र भगवान चौधरीलाई तथानाम आरोप लगाउदै जिम्मेवार समेत उहाँलाई नै बताउन थाले ।

फेरी चौधरीले माताको सरणमा गएर माता यो के भयो मान्छेहरु मलाई नै जिम्मेवार ठहराउदै छन भनेर याचना गर्न थानुभयो । त्यपछि फेरी गढीमाताले साक्षात प्रकट भएर मलाई नर बलिसहित पंचबलि देउ सब ठिक हुन्छ भन्नुभयो ।

फेरी भगवान चौधरीलाई कठिनाई भयो र सोध्नुभयो माता नरबलि म कहाँबाट ल्याउ । माताले उहाँलाइ मार्गदर्शन गर्दै बरियारपुर नजिकैको गाउँमा रहेका एक झाक्रीकोमा जान भन्नुभयो ।

चौधरी गएर आफ्ना कुरा झाक्रीलाई सुनाउनुभयो त्यपछि झाक्रीले नरबलि त होईन तर नरको अर्थात कुनै पनि पुरुषको अंगबाट रगत निकालेर मातालाइ चढाए सब ठिक हुने सल्लाह दिनुभयो । त्यसपछि उहाँले स्वयम आफ्ना रगत मातालाई चढाउनु भयो र पंचबलि दिनुभयो ।र अकालमा मान्छे मर्ने क्रम रोकियो ।
अहिले पनि यो मान्छेको रगतसहितको पंचबलि चढाएपछी दियो आफै बल्छ र माताको मेला सुरु हुन्छ ।

वि.स २०७१ सालको गढीमाई मेलाको समयमा अनुमानित ५७,००० को संख्यामा पशुबली दिईएपछि पशु अधिकारकर्मीले ब्यापक बिरोद्ध गरेपछि विश्व भर चर्चामा आएको थियो । यसबर्ष पनि पशु अधिकारकर्मीले पशुबलिओ रोक्न माग गर्दै र्याली जुलुश गर्दै आएका छन तर मेलाको परिचय बलिबाटै जोडिएको हुदा यसले निरन्तता पाउदै छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर