साजिर मन्सूर 

कलैया,मङ्सिर १४

गढीमाई पंचवर्षिय मेलामा पाल्नु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक स्वागत गर्दै बारा सुनचाँदी ब्यवसायी संघ तथा नेपाल सोनार समाज बाराले संयुक्त रुपमा निशुल्क भोजन तथा विश्राम शिबिरको ब्यवस्थापन गर्ने संघका अध्यक्ष शिव कुमार सरार्फले जनाएका छन । अध्यक्ष सरार्फले मङ्सिर २३ र २४ गते गढीमाई माता सबैको कल्याण गरुन भन्दै एतिहासिक रुपमा प्रत्येक पाँच बर्षमा लाग्ने बिश्वकै सबै भन्दा बढी बलि चढ्ने तथा विभिन्न विशेषताले भरिएको गढिमाईको मेलामा आउने दर्शनार्थीका सेवाका लागि संघले निशुल्क भन्डारा तथा विश्राम गर्ने ब्यवस्थापन गर्ने निर्णय गरेको बताएका छन । करोडौंको संख्यामा आउने मानव जन लहरको उचित सेवा र आतिथ्य सत्कार गर्नु नै हाम्रो लक्ष्य हुने सरार्फले भने ।

 

उक्त निशुल्क शिबिरमा सहयोगीका रुपमा नेपाल सुन चाँदी व्यवसायी महासंघ, काठमाण्डौं, पर्सा सुन चाँदी व्यवसायी संघ, बारा सुन चाँदी व्यवसायी संघ, नेपाल सोनार समाज बारा, नेपाल सुनचाँदी ब्यवसायी संघ मधेस प्रदेश रहेका छन । भने मुख्य आयोजक बारा सुनचाँदी व्यवसायी संघ तथा नेपाल सोनार समाज बारा रहेको छ ।

 

मेलामा सन्चालन हुने शिबिरका लागि संघले दुईटा उपसमिति बनाएको छ । सिबिर ब्यवस्थापन समितिमा संयोजक राजु कुमार साह छन । महासचिवमा धनिलाल सरार्फ,सचिवमा धिरेन्द्र स्वर्णकार,कोषाध्यक्षमा अजय सरार्फ र सदस्यमा सतिस सरार्फ लाई चयन गरिएको हो ।

 

यता भण्डारा उपसमितिको संयोजकमा हिरालाल साह र उप सम्योजकमा रमेश सरार्फ रहेका छन । त्यसतै सदस्यहरुमा क्रमशः दिपक सरार्फ,अजय सरार्फ,वाल्मीकि सरार्फ,चन्दन सरार्फ सहित १६ जना छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर