सम्बादाता
बारा :

मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राम कुमार लेखिले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन ।शनिवार बाराको बरियारपुर पुगेर मन्त्रालयका टोलि सहित मेलाको अवलोकन तथा निरिक्षण गरिएको छ ।

गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखिले मधेश एकै महिनामा २ वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको कसर बाकी नरहने गरि गृह मन्त्रालयले काम गरिरहेको बताए ।

हरेक पाँच पाँच बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेकोले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने मन्त्री लेखिले बताए ।बिवाह पन्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखिले बताए ।

गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा केन्द्र सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखिले छलफलको क्रममा बताए ।

मंसिर ०१ गते देखि सुरु भएको बिश्व प्रसिद्ध गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख लगाएतको टोलि दिनरात एक गरेर मेलाको ब्यवस्थापनमा कुनै कसर बाकी नरहने काम गर्नु नै मेलाको ठूलो सफलता रहेको समेत मन्त्री लेखिले बताए ।

मन्त्री रामकुमार लेखिले गढीमाई मेलाको ब्यवस्थापन के कसो भईरहेको छ यहाँ ठप्प के आवश्यक छ भन्ने बिषयमा नगरप्रमुख यादव संग जानकारी समेत लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर