जलेश्वर । जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा गरेको छ ।

अदालतले आर्थिक वर्ष २०७७÷०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताउनुभयो ।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने÷डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर