साजिर मन्सूर

कलैया,पुष २८

नेपाली काङ्ग्रेसका योद्धा केन्द्रिय सह महामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री सम्बिधान सभा सदस्य फर्मुल्लाह मन्सूरलाई भातृ शोक परेको छ । उनका जेठो दाई एवम उनका प्रथम राजनितीक गुरु,नेपाली काङ्ग्रेसका निडर योद्धा तत्कालिन तरुण दल बाराका सचिव श्री ने.रा.माबी (मदर्शा)कलैयाका पुर्व अध्यक्ष समेत रहेका नजिबुल्लाह मिया मन्सूरको ८८ बर्ष को उमेरमा देहावसान भएको छ । नेपाली काङ्ग्रेसको ससक्त भातृ संगठन नेपाल तरुण दल बाराको २०१७ सालमा उनी सचिव भएर पार्टीलाई समेत नेतृत्व गर्दै आएका थिए ।

उनको मृत्युको खबरले नेपाली काङ्ग्रेसलाई अपुरणिय छती भएको काङ्ग्रेस बाराका पुर्व जिल्ला सभापति भोला चौरसियाले दुख ब्यक्त गरे ।

२०१५ साल देखि नै काङ्ग्रेसमा एउटा निडर योद्धाको रुपमा अनवरत सेवा गरेका उनी २०१६ सालमा केन्द्रिय सदस्य समेत भएका उनि काङ्ग्रेसको खम्बाका रुपमा रहेको काङ्ग्रेस बाराका पुर्व सचिव तेजनारायण साहले बताए ।

काङ्ग्रेस बाराका नेता रामानन्द यादवले उनी हालको बारा काङ्ग्रेसका नेताहरु सबैको मार्ग निर्देशकका रुपमा रहेको बताए । यादवले नजिबुल्लाह ज्यु हामिलाई बेला बेला बोलाएर सल्लाह दिने गरेको अहिले पनि स्मरण गर्छन ।

उनको पार्थिव शरिरमा आज नेपाली काङ्ग्रेस पार्टीको झन्डा ओढाएर काङ्ग्रेस केन्द्रिय सह महामन्त्री उनका भाइ पुर्व मन्त्री फरमुल्लाह मन्सूर सहित काङ्ग्रेसका नेताहरुले सम्मान सहित अन्तिम बिदाई अर्पण गरेका छन ।

उनको चार वटा छोरा दुईटा छोरी रहेका छन । जिबिस बाराका तत्कालिन शाखा अधिकृत अनवर मन्सूर उनका जेठा छोरा हुन ।

मुस्लिम धर्मवालम्बिको परम्परा अनुसार उनको जनाजाको नमाज(अन्त्येष्टि) आजै दिउसो २ मा कलैया ३ भवानिपुर स्थित कबृस्तानमा गरिएको छ । अन्त्येष्टिमा जिल्लाका विभिन्न राजनितिक दलका नेता कार्यकर्ता तथा समाजका अगुवासहित आम जनताको व्यापक उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर