बाराको सिम्रौनगढ नगरापालिकाको उप प्रमुखले नगरपालिकाको कार्यालयमा बुधबार देखि तालाबन्दी गर्नुभएको छ ।

नगरसभाबाट बजेट बांडफाड भएर आफ्नो भागमा परेको बिकास निर्माणको योजनाहरु कार्यान्वयनमा नगर प्रमुख किशोरी प्रसाद कलवारले हस्तक्षेप गरेको र उप प्रमुखलाई अधिकार बिहिन बनाउन खोजेको भन्दै उप प्रमुख नजमु शेहरले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नु भएको हो ।

आफ्ना योजनाहरुमा नगर प्रमुखले हस्तक्षेप गरेको , नगर प्रमुख एकलौटी रुपमा अगाडी बढ्न खोजेको र उप प्रमुखलाई अधिकार बिहिन बनाउन लागिपरेको उप प्रमुख शेहरको आरोप रहेको छ ।

नगरपालिकामा छुट्याईएको योजनाहरुको कार्यान्वयन गर्नका लागि प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाललाई कार्यादेश बनाईदिन भन्दा नगर प्रमुखले रोकेको उप प्रमुख शेहरको भनाई रहेको छ । यसरी आफ्ना योजनाहरु माथि नगर प्रमुखले ठाडो हस्तक्षेप गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको उप प्रमुखले बताउनु भएको छ । यता नगरप्रमुख किशोरी प्रसाद कलवारले भने सबै आरोप झुठा रहेको र कार्यादेश रोक्न मैले आदेश नगरेको बताउनु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर