साजिर मन्सूर 

कलैया,माघ ३०

कलैया उपमहानगरपालिका भित्र रिङ्ग रोड बनाउने गरि काम अगाडी बढाईएको छ । मेयर बिनोद साहले खौराही खोलाको किनारै किनार २६ फिट चौडा रिङ्ग रोड बनाउने गरि योजना अगाडी सारेका छन । मेयर साहले कलैया ३ भवानिपुर स्थित जिल्ला आयुर्वेद कार्यालय देखि सन्सारिमाई-जिल्ला हुलाक कार्यालय-रामराजा क्याम्पस हुँदै बरेवा रोड सम्मा हाललाई रोड बिस्तार गरिने योजना रहेको बताएका छन । साहले कलैया उपमहानगरमा रिङ्ग रोड (घेराबन्दी सडक) निर्माण गर्दा विभिन्न फाइदाहरू हुन्छन्, जसले यातायात व्यवस्थापन, आर्थिक गतिविधि, र समग्र शहरी विकासलाई सकारात्मक रूपमा प्रभावित गर्ने बताए । उनले रिङ्ग रोड बनाउन सके सहरभित्रको जाम कम हुन्छ,लामो दूरीका सवारीसाधनहरू उपमहानगरको मुख्य क्षेत्रभित्र नआइकन बाहिरी घेराबाट नै आवतजावत गर्न सक्छन् बताउदै यसले ट्राफिक दुर्घटनाको सम्भावना समेत घट्छ भने ।

लामो दूरी पार गर्ने सवारीसाधनले सिधै बाहिरी रिङ्ग रोड प्रयोग गर्न सक्ने भएकाले समय र इन्धन दुबै बचत हुने बिश्वास समेत व्यक्त गरेका छन ।

सडकका किनारामा नयाँ व्यापारिक क्षेत्रहरू, बजारहरू, र व्यावसायिक भवनहरू विकास गर्न सकिन्छ।

उद्योगहरू र गोदामहरू बाहिरी क्षेत्रमा सार्न सकिन्छ, जसले ट्राफिक दबाब कम गर्छ।

जग्गाको मूल्य वृद्धि हुन्छ, जसले स्थानीय जनतालाई आर्थिक फाइदा पुर्याउँछ उनले भने ।

मेयर साहले उपमहानगरको बाहिरी क्षेत्रमा नयाँ बस्तीहरू बसाउन मद्दत गर्छ।

सहरभित्रको भीडभाड कम भएर व्यवस्थित बसोबासको अवसर बढ्छ। ट्राफिक व्यवस्थापन सुधार हुँदा धूवा–धूलो कम भएर हावा प्रदूषण कम हुन्छ।

हरित क्षेत्रहरू व्यवस्थित गरेर सुन्दर र दिगो सहर विकास गर्न सकिन्छ बताए ।

बाहिरी क्षेत्रबाट सिधै पर्यटन स्थलहरूमा आवतजावत गर्न सकिन्छ, जसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँछ भन्दै समग्रमा

रिङ्ग रोड निर्माणले यातायात मात्र होइन, समग्र रूपमा उपमहानगरको आर्थिक, सामाजिक, र पर्यावरणीय पक्षलाई सकारात्मक रूपमा सुधार गर्छ। व्यवस्थित योजना र प्रभावकारी कार्यान्वयन गर्न सकेमा उपमहानगरको दिगो विकासमा यो महत्वपूर्ण परियोजना साबित हुनेमा उनी आफू बिश्वस्त रहेको बताए ।

जनप्रतिनिधि नरहेका बेला प्रमुख प्रशासकिय अधिकृत तत्कालिन कार्यकारी प्रमुख नाथु साहले समेत रिङ्ग रोड बनाउने योजना सारे पनि जन दबावका कारण बनाउन नसकेको सुनाउदै मेयर साहले अहिले जनताको मागका रुपमा रहेको नाथु साहको त्यो चाहना पूरा गर्न लागिएको बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष किशुन यादव सम्योजक रहेको रिङ्ग रोड बनाउने समितिको सदस्यहरुमा वडा नम्बर १,३ र ८ को वडा अध्यक्षहरु रहेका छन ।

कलैया उपमहानगरपालिका बाताबरण शाखा प्रमुख अनिल पाण्डेले यो बाटो बनाउन खौराही खोलाको जग्गा अतिक्रमण गरेर बनाईएको घर टहरा तथा अन्य संरचना लाई आफुहरुले पुर्व सुचना दिएर हटाउन लागेको बताएका छन ।

यता कलैया उपमहानगरपालिकाका ईन्जिनियर माधव यादवको नेतृत्वमा दुई जना अमिन सहितको टोलि दिनभर निर्माण स्थलमा तटस्थ रुपमा निरन्तर लागेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर