
साजिर मन्सूर
कलैया,फाल्गुन १
ॐ शान्ती भवन कलैयामा बाराका नव आगन्तुक प्रहरी उपरीक्षक सन्तोश तामाङ्ग लाई स्वागत गरिएको छ । ओम शान्ती भवन कलैयाको सन्चालिका ब्रहम कुमारी राजयोग सेवा केंद्रको सन्चालिका मिना दिदिको अध्यक्षतामा तामाङ्गको स्वागत गरिएको हो । सो अवसरमा तामाङ्गलाई जिल्लामा स्वागत गरि जिल्लाको सम्पुर्ण शान्ति सुरक्षामा अहम भुमिका खेल्दै सफलता मिल्ने कामना गरेका छन । खासगरी जिल्लाका हरेक तह तप्काका जनताले वहाको कार्यको प्रसंशा गरून् भनेर कामना गरेका छन । सोही अवसरमा समाजसेवी जङ्गबहादुर यादवको ८१ औ जन्मोत्सव मनाईएको छ । समाजमा अहोरात्र सेवा गर्दै आएका यादवको जन्म दिनको अवसरमा वहाको जन्म दिन मनाउदा खुशी लागेको मिना दिदिले बताईन । केन्द्रले केक काटेर वहाको जन्म दिन मनाएको छ ।
सो अवसरमा एसपी तामाङ्गले बारामा शान्ती सुरक्षा कायम गराउन कटिबद्ध रहेको बताए । विश्व मानव अभियानमा जुडेको संस्थाले मलाई स्वागत गर्दा अलग उर्जा मिलेको र यसले आफ्नो कार्यमा अझ शक्ति मिल्ने बिश्वास लिए ।
न भुत न भविस्य दुर्लभ खालको प्रहरी सेवा दिने मेरो प्रण रहने एसपी तामाङाले बताएका छन ।
ॐ शान्ती समाजले कल्पना गरेको असल समाजका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए ।
केन्द्र्की सन्चालिका मिना दिदिले तनले नसके पनि मनले सेवा गर्ने सबैलाई शक्ति मिलोस प्रार्थना गरेकी छन । निस्वार्थ भावले सेवा गर्ने शक्ति सबैलाई मिलोस कामना गरिन । आत्मीयताको भावलाई जगाउन सके असल समाजको निर्माण गर्न सकिने उनले बताईन । जति पुजा भजन गरे पनि आत्मानुभुती नभए केही हुन्न भन्दै पवित्रताको उज्यालो बाल्न सबैलाई आग्रह गरिन ।
सुश्मा बहनले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचेत नागरिक समाज बाराका अध्यक्ष देबेन्द्र गिरिले गरेका थिए ।