साजिर मन्सूर 

कलैया,फाल्गुन १ 

ॐ शान्ती भवन कलैयामा बाराका नव आगन्तुक प्रहरी उपरीक्षक सन्तोश तामाङ्ग लाई स्वागत गरिएको छ । ओम शान्ती भवन कलैयाको सन्चालिका ब्रहम कुमारी राजयोग सेवा केंद्रको सन्चालिका मिना दिदिको अध्यक्षतामा तामाङ्गको स्वागत गरिएको हो । सो अवसरमा तामाङ्गलाई जिल्लामा स्वागत गरि जिल्लाको सम्पुर्ण शान्ति सुरक्षामा अहम भुमिका खेल्दै सफलता मिल्ने कामना गरेका छन । खासगरी जिल्लाका हरेक तह तप्काका जनताले वहाको कार्यको प्रसंशा गरून् भनेर कामना समेत गरेका छन ।

सो अवसरमा एसपी तामाङ्गले बारामा शान्ती सुरक्षा कायम गराउन कटिबद्ध रहेको बताए । विश्व मानव अभियानमा जुडेको संस्थाले मलाई स्वागत गर्दा अलग उर्जा मिलेको र यसले आफ्नो कार्यमा अझ शक्ति मिल्ने बिश्वास लिए ।

न भुत न भविस्यमा भएको दुर्लभ खालको प्रहरी सेवा दिने मेरो प्रण रहने एसपी तामाङाले बताएका छन ।

ॐ शान्ती समाजले कल्पना गरेको असल समाजका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर