पर्सा प्रहरीले साढे ११ केजी चरेस सहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिस फिट्टे सडकखण्डबाट सर्लाही विष्णु गाउँपालिका वडा नं.४ मधुवनगोठ बस्ने बर्ष ४५ का सुधीर कर्णलाई साढे ११ किलो चरेस सहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा कर्णलाई चरेस सहित पक्राउ गरेको हो ।

कर्णले बोकेको रातो रंगको ग्यालेनमाथि घ्यू राखेर रातो प्लाष्टिकमा सानो सानो पोकामा उक्त डिब्बा (ग्यालेन ) भित्र लुकाएर राखिएको लागु औषध चरेश जस्तो देखिने फेला परेको प्रहरीको भनाई छ । लागू पदार्थ सहित पक्राउ परेका कर्णलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर