वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ ।

बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न दल एवम् विद्यार्थी नेताहरुबीचको सहमति बमोजिम नै प्रतिनिधिहरू राखेर मतगणना सुरु गरिएको हो ।

सिल नम्बर मेल नखाएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको थियो । मतगणना रोकिएको ७ दिनपछि मतगणनाको कार्य अगाडि बढेको हो ।

मतगणना स्थगनको सूचना जारी गर्दा करिब १६ मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ । स्ववियु सभापति तथा पदाधिकारी एव्‌म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो । मतदानमा क्याम्पसमा कुल विद्यार्थीको ४० प्रतिशत अर्थात् ४३०६ जनाले मतदानमा भाग लिएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर