साजिर मन्सूर 

कलैया, पौष १३

कलैया नगरपालिकाको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगरप्रमुख बिनोद साहको अध्यक्षतामा सम्पन्न बैठकमा बढ्दो शीतलहरका कारण नगरभित्र देखिन सक्ने जोखिम तथा त्यसको न्यूनीकरणका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

 

शितलहर बाट जोगिन सार्वजनिक स्थानहरुमा आगो ताप्न सुकेको दाउरा बितरण गर्ने निर्णय भएको छ । यस्तै कलैयामा रहेको निशुल्क कपडा बैंकलाई यो शितलहर भर हरेक दिन खोल्ने र आवस्यक सहयोग गर्ने उपमहानगरले प्रतिबद्धता जनाएको छ ।

 

बैठकमा शीतलहरबाट जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा विपन्न वर्ग बढी प्रभावित हुने भएकाले उनीहरूको सुरक्षाका लागि विशेष योजना बनाउने निर्णय गरिएको छ । सो अवसरमा न्यानो कपडा वितरण, अस्थायी आश्रयस्थलको व्यवस्था, आगो ताप्ने सुरक्षित स्थान निर्धारण, तथा स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्ने विषयमा सहमति भएको जनाइएको छ ।

त्यसैगरी, नगरका वडा तहसम्म विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, स्वयंसेवक परिचालन गर्ने तथा चिसोबाट हुने रोगको रोकथामका लागि स्वास्थ्य सचेतना रेडियो जिङ्गल बजाउने सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, सुरक्षा निकायका प्रतिनिधि,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रहरी निरीक्षक दिलिप कुमार थापा,स्वास्थ्य शाखा, वडा अध्यक्षहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले शीतलहरको प्रभाव कम गर्न आवश्यक सबै तयारी अवस्थामा रहेको जनाउँदै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर