कलैया, बारा ।

नेपाली काङ्ग्रेसले विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी  पत्रकार दासले सञ्चार क्षेत्रमार्फत जनचेतना अभिवृद्धि, सुशासन र समावेशी प्रतिनिधित्वका विषयमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। उनको लामो पत्रकारिता अनुभव, सामाजिक सक्रियता र पार्टीप्रतिको निष्ठालाई मूल्यांकन गर्दै काङ्ग्रेसले संघीय समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको पार्टी स्रोतले जनाएको छ। ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल मधेस प्रदेश को पुर्व कोषाध्यक्ष तथा हाल केन्द्रिय सदस्य समेत रहेकी उनी बिगत १३ बर्ष देखि बाराको चर्चित रेडियो बिश्वास एफएम को स्थापना गरेर निरन्तर प्रशारण गरिरहेकी उनी रेसियोको अध्यक्ष समेत हुन । निरन्तर समाज सेवामा सकृय रहेकी उनी महिलामाझ अत्यन्तै लोकप्रिय रहेकी महिला संजाल बाराकी अध्यक्ष बबिता जयस्वालले उनको नाम सिफारिसले आफुहरु अत्यन्तै खुशी भएको प्रतिक्रिया दिईन ।

काङ्ग्रेसको यो निर्णयलाई मधेसी समुदाय, महिला तथा जेन्जी प्रतिनिधित्व सुदृढ गर्ने दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ। पार्टीका नेताहरूले समावेशी लोकतन्त्रको मर्मअनुसार योग्य, संघर्षशील र समाजसँग प्रत्यक्ष जोडिएकि अत्यन्तै कर्मठ जिल्लामा चर्चित सन्चारकर्मी नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष समेत रहेकी दासलाई अवसर दिदा बारामा काङ्ग्रेसलाई युवा जमात र पत्रकारहरुले धन्यवाद दिईरहेको नेपाल पत्रकार महासंघ मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरवले बताएका छन ।

महिला युवा पत्रकार माथी नेपाली काङ्ग्रेस पार्टीले देखाएको विश्वासप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव अशोक तिवारिले समेत आभार व्यक्त गर्दै पत्रकारिताबाट सिकेको अनुभवलाई दासले संसदमार्फत जनताको आवाज बुलन्द बनाउन, प्रेस स्वतन्त्रता, महिला अधिकार र समावेशी लोकतन्त्रका पक्षमा सशक्त रूपमा प्रस्तुत गर्नेमा बिश्वास ब्यक्त गरेका छन ।

पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले पनि यो हाम्रो कार्यसमितिका लागि गर्वका कुरा भएको बताउदै आफुहरु उपाध्यक्ष दासको सफल राजनैतिक भविस्यका लागि कामना गरिरहेको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर