विश्वास डेस्क
भदौ १९
पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ४:५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बी बी ६७५९ नम्बरको कार पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको हो।
वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतको बिहार, रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरी अस्पताल पठाएको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पानीबाट अचेत अवस्थामा निकालिएका रक्सौलकै २६ वर्षीय नवदीप कुमार यादव र करिब ४०-४५ वर्षीय अर्का एक पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। कारलाई क्रेनको सहयोगमा तालबाट निकालिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर