साजिर मन्सुर,कलैया । जिल्ला सदरमुकाम कलैया बाट करिब १२ किलोमीटर पुर्वमा पर्ने करैयामाई गाउपालिका वडा नमबर८ अन्तरगतको ईटहर गाउँ जहाँ पुग्दा चारैतिर सप्रेका विभिन्न प्रजातिका बिरुवा सहितको हरियाली तथा कलकलाउदो पानीमा उफ्रदै गरेका माचाका भुराले भरिभराउ पोखरी सहित रमणीय गाउँमा जस्तै बन्दै छ ।
आज भन्दा केही बर्ष पहिला नाम पनि नसुनिने ईटहर गाउँ अचेल प्रदेश नम्बर २ मै कृषि तथा सफल किसानका नाम सङ्ग जोडिन थालिएको छ । संघीयता आउनु भन्दा पहिला दिनरात गाउँ गाउँ मा पुगेर तत्कालीन जिल्ला बिकास समिती तथा नेपाल सरकार मातहतका विभिन्न कार्यालय एवम आईएन्जिओ को सहयोगमा बिभिन्न खालका चेतनामुलक तालिम तथा जीवनउपयोगी शिपमुलक काम सिकाउदै हिडेका जिल्लाको चर्चित एन्जिओकर्मी मोबारक अन्सारी यति बेला कृषि कर्ममा रमाएका छन ।
अहिले सबै जनप्रतिनिधि नै आ आफ्नो नातेदार को नाममा एन्जिओ दर्ता गरेर आ आफ्नै लाई काम गर्न दिन थालेपछी एन्जिओकर्मी भएर पेट पाल्न सक्ने अवसथा नरहेको एक एन्जिओकर्मी ले बताए । अन्सारी पनि आफ्ना पुर्वजले गर्ने खेती किसानी लाई नै आधुनिक हिसाबले गर्ने भन्दै शहर छोडेर गाउमा रमाउन थालेका छन् ।अहिले कृषिमा नै भबिस्य देखेर आफू यता होमिएको बताउनुभयो । अन्सारीले आफुलाई किसान कहलिन गर्व महसुस हुने गरेको समेत बताउनुभयो ।
अन्सारिले अहिले आधुनिक युगसङ्गै गाउमै करिब ८ बिगाहामा ब्यवसायीक खेती शुरु गरेका छन । अन्सारिले माछा पोखरी,सहजन खेती,केरा खेती,सपेता खेती,टिक खेती,मेवा खेती,मलेसियन साल खेती,विभिन्न खाले फुल खेती सहित विभिन्न जातिका बिरुवा सहितको नर्सरी खेती समेत शुरु गरेका छन । यसरी गाउमै ब्यवसायीक खेती गरेपछी उनले स्थानिय ३ जनालाई १२ महिना र सिजिनल २० देखि २५ जनालाई रोजगारि दिएका छन ।
मानिसलाई प्रतिदिन ३ सिलिन्डर अक्सिजन चाहिनेमा सात वटा रुख मिलेर १ दिनमा ३ सिलिन्डर अक्सिजन दिने भएको बैज्ञानिक हिसाबले हाल अन्सारिले ७ हजार रुख लगाएर कम्तिमा १ हजार जना मानिसलाई अक्सिजन उपलब्ध गराईरहेको समेत बताउनुभयो ।
उनले सिमसार/रामसार को अभावले विभिन्न स्थानमा पानीको अभाव भएर पानीको सतह धेरै तल पुगेकोले आफुले सिमसार छेत्रका लागि पोखरीहरु पनि खन्न लगाएको बताउनु भयो । माछा पोखरिको कुरा गर्दै गर्दा अन्सारिले नेपालमा आवस्यक पर्ने माछा को तुलनामा केवल २० प्रतिशत मात्र उत्पादन हुने गरेको बाकी ८० प्रतिशत अन्य मुलुकबाट आयात गर्नुपरेको तथ्य र प्रमाण का आधारमा आफुले माछा पालन समेत थालेको बताउनुभयो ।
एक ब्यक्तिले बर्षमा कम्तिमा २ किलो ५ सय ग्राम माछा खानुपर्ने भएता पनि नेपालमा हालसम्म एक ब्यक्तिले बर्षमा १ देखि १ किलो ५ सय ग्राम मात्र माछा खाने गरेको तथ्य पढेर आफू चकित भएर त्यसलाई आम नेपालि किसानले गम्भीरतापुर्वक लिनुपर्ने बताउनुभयो ।
अन्सारिले किसानका लागि चिप्ला चिप्ला भाषण मात्र सुनिने नेपालमा तिनै तहका सरकारले किसानका लागि साच्चिकै ईमान्दार भएर कार्यक्रम ल्याएर किसान समछ पुर्याईदिने हो भने कृषिजन्य कुनै पनि उपज हामिले अन्य मुलुकबाट आयात गर्नै नपर्ने ठोकुवा गर्नुभयो ।
सम्भवत बाराली किसानको साथ र पालिका एवम प्रदेश सरकार तथा संघ सरकारको सहयोग मिले प्रदेश २ कै उत्कृष्ट किसान बन्ने आफ्नो सपना छिटै पूरा हुने गरि आफुले मिहिनेत गरिरहेको अन्सारिले बताउनुभयो ।
यसरी विभिन्न खालका बाधा अवरोध का बिच किसानहरुले उत्पादन गरेको जुनसुकै उत्पादनलाई हामी सबैले उचित बजार र समुचित मूल्य सङ्गै किसानलाई सम्मान दिन कन्जुस्याइँ गर्नुहुदैन र सबै तहका सरकारले समेत ईमान्दार भएर किसान को ओठमा सदव मुस्कान राखिराख्नुपर्ने देखिन्छ ।