९ असोज,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित स्थानीय ३६ वर्षीय जयनारायण चौधरीलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले उनलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो। घरआँगन खानतलासी गर्दा १५ पुडीयामा राखिएको ३२० ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गरी कुल १ किलो ७३० ग्राम गाँजा बरामद भएको छ।

प्रहरी स्रोतका अनुसार चौधरी यसअघि पनि गाँजा मुद्दामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। पुनः सोही प्रकृतिको कसुरमा पक्राउ परेका उनीमाथि लागूऔषधसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय जीतपुरबाट थप अनुसन्धान भइरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर