१० असोज, बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित तीननम्बर पुल नजिक ट्रकले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका मोरङका ३५ वर्षीय स्कुटर चालक योगेन्द्र मगरको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।









