कलैया,असोज १२
नेपाली कांग्रेस बाराका पूर्व जिल्ला कमिटी सदस्य तथा समाजसेवी प्यारेलाल साहको आकस्मिक निधन भएको छ। ७३ बर्षिय उहाँको निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासीमा गहिरो शोक र स्तब्धता छाएको छ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो सरल, मिलनसार र सहयोगी व्यक्तित्वका रूपमा परिचित साहको निधनले समाजले एक असल, आत्मीय र समर्पित व्यक्तित्व गुमाएको स्थानीयवासीले बताएका छन्। गाउँघरका हरेक सुख–दुःखमा साथ दिने, सबैसँग आत्मीय सम्बन्ध राख्ने तथा सामाजिक कार्यमा सदैव अग्रसर रहने उहाँको स्वभावका कारण उहाँ स्थानीयस्तरमा सबैका प्रिय र सम्मानित व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो।



विशेषगरी नेपाली कांग्रेसको संगठन निर्माण तथा सामाजिक गतिविधिमा उहाँले पुर्याउनुभएको योगदान स्मरणीय रहेको नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री तथा पुर्व मन्त्री फरमुल्लाह मन्सूरले जनाएका छन । मन्सूरले उहाँको सरल व्यवहार, सहयोगी भावना र आत्मीय बोलीले उहाँसँग नजिक रहेका धेरैको मनमा गहिरो छाप छोडेको बताए। साहको पार्थिव शरिरमा पार्टीको झन्डा ओढाएर उनले
आकस्मिक रूपमा भएको उहाँको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको र काङ्ग्रेसले एक सच्चा ईमानदार योद्धा गुमाएको बताएका छन ।
दिवंगत साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ईश्वरले उहाँको दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजनलाई यो असह्य पीडा सहन गर्ने शक्ति प्रदान गरून् भन्ने मन्सूरले कामना गरेका छन।
सो अवसरमा केन्द्रिय सदस्य रामानन्द प्रसाद यादव,जिल्ला सभापति मनोज भट्ट,पुर्व जिल्ला सचिव तेजनारायण कलवार,पुर्व छेत्रीय सभापति फुलमहमद मन्सूर,उधोग बाणिज्य संघ का महासचिव रामशिष साह,काङ्ग्रेस युवा नेता राजेश सिंह लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।









