साजिर मन्सूर
कलैया,असोज १२
नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री फरमुल्लाह मन्सूरले यस अघिको १४ औ महाधिवेशन मा देशका सबै नेताहरु आ-आफ्नो टिम लिएर काठमाडौ गए तर अहिले काङ्ग्रेस लिएर जाने बताएका छन । नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनलाई कलैयाको टाउन हलमा उदघाटन गर्दै उनले यस्तो बताएका छन । प्रमुख अतिथि समेत रहेका मन्सूर गमलामा पानी हालेर अधिवेशनको उदघाटन गर्दै अब बारामा कुनै गुट उपगुट नभएको बताएका छन । हिजो काङ्ग्रेसमा एकले अर्कोलाई सिध्याउने चाहना राखेर राजनीति गर्थे तर गगन नेतृत्वको काङ्ग्रेस बदलिएर जनता को चाहना अनुसार अगाडी बढिरहेको ठोकुवा गरेका छन । देशको ९० प्रतिशत नेपाली काङ्ग्रेस को अधिवेशन सर्वसम्मत रुपमा भैरहेको देखेर नेपाली जनताले गगन थापालाई र बदलिएको काङ्ग्रेस प्रती आकर्षित भैरहेका छन । आजको समयमा युवा जेन्जी हरुले मागेको चाहना अनुसार बिधान बदलेर बढिरहेको काङ्ग्रेस जनताको पहिलो चाहना बन्दै गएको बताएका छन । काङ्ग्रेस लाई गतिशिल बनाउने सवालमा अग्रपंक्तिमा रहने कार्यकर्ता को मुल्यांकन गरेर जिम्मेवारी सर्वसम्मत रुपमा दिने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर