१३ असोज,काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशन तय गरिएको तालिकाभन्दा दुई दिन पछाडि धकेलिएको छ।
यसअघि असोज १६ गतेदेखि सञ्चालन गर्ने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि सुरु हुने भएको छ। महाधिवेशनको औपचारिक भव्य उद्घाटन काठमाडौंस्थित खुलामञ्चमा गरिने कार्यक्रम तय गरिएको छ।



कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको संशोधित मिति र उद्घाटन स्थलबारे आधिकारिक जानकारी गराउनुभएको छ।










