साजिर मन्सूर
कलैया,असोज १४
विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा हिमालय ग्रामीण प्राकृतिक श्रोत ब्यवस्थापन महिला समूह (हिमवन्ती) नेपाल को प्रथम जिल्ला अधिवेशन बारा सदरमुकाम कलैयामा सम्पन्न भएको छ । देवकिलाल धर्मशाला मा आयोजित अधिवेशनले कार्यक्रममा संगठनको आगामी कार्यदिशा, जिम्मेवारी तथा समसामयिक विषयमा छलफल गरेको छ।
अधिवेशन बाट जिल्ला अध्यक्षमा बन्दना सिंह सर्वसम्मत चयन भएकी हुन । उपाध्यक्षमा प्रतिमा यादव,सचिवमा हिरामती आर्या,कोषाध्यक्षमा मिरा गुप्ता,सह सचिवमा दिप लक्ष्मी खरेल,कान्ति यादव,राधा नेपाल,लिला कुश्वाहा,सरिता यादव,अन्जु बैठा र महापती पास्वान चयन भएका छन ।
हिमालय ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह (HIMWANTI Nepal) नेपालमा ग्रामीण महिलालाई प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण, वन तथा महिला अधिकारसँग जोडेर काम गर्ने महिला–केन्द्रित संस्था/सञ्जाल का रुपमा रहेको संस्थाको मधेस प्रदेश अध्यक्ष समेत रहेकी रमा पौडेलले जनाईन । सरकारी तथा विकाससम्बन्धी स्रोतहरूले यसलाई ग्रामीण महिलाको क्षमता विकास र प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको सहभागिता बढाउने संस्थाका रूपमा अगाडि बढिरहेको पौडेलले थपिन ।
वन तथा प्राकृतिक स्रोत व्यवस्थापन,ग्रामीण महिलाको क्षमता विकास,महिला अधिकार र नीति पैरवी, जीविकोपार्जन तथा आयआर्जन,जलवायु परिवर्तन तथा REDD, महिला नेतृत्व र स्थानीय शासन जस्ता बिषयका छेत्रमा संस्थाले काम गरिरहेको पौडेलले जनाएकी छन ।
कार्यक्रम लाई सम्बोधन गर्दै हलखोरिया बन ब्यवस्थापन समितिका उपाध्यक्ष बिजय सिंहले अधिवेशनको सफलताको कामना गरे । उनले संस्थाले जल,जमिन र जङ्गल को छेत्रमा काम गर्ने भएकाले पुर्ण ईमान्दार भएर निशुल्क रुपमा हामिले बिरुवा उपलब्ध गराउछौ तपाईहरु निजि जमिन वा एलानी जग्गामा बृछारोपण गर्न आग्रह गरे । यसले पानी को सन्चय र स्वच्छ हावा समेत जनताले प्राप्त गर्ने बताए ।
कार्यक्रममा संघका अध्यक्षसहित मधेश प्रदेश तथा जिल्लास्तरका विभिन्न प्रतिनिधि, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संगठनलाई थप प्रभावकारी बनाउँदै सामाजिक तथा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले आपसी सहकार्य, संगठनको सुदृढीकरण तथा आगामी दिनमा गर्नुपर्ने गतिविधिका विषयमा समेत धारणा राखेका थिए।
कार्यक्रममा कलावती देवी पास्वान, संस्थाको प्रदेश अध्यक्ष रमा पौडेल,महिला नेतृ प्रतिमा यादव,भगवती न्यौपाने,टिना सुबेदी,महापती पास्वान,जायदा खातुन,लगायत विभिन्न संस्था का महिलाहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।












