१७ असोज, बारा। जितिया पर्वको दिन नुहाउने क्रममा बाराको देवताल गाउँपालिका–६ स्थित स्थानीय पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा स्थानीय राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेल रहेका छन्।
पोखरीमा नुहाउने क्रममा दुवै जना एकाएक डुबेका थिए। घटनालगत्तै उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

पुत्र र परिवारको दीर्घायु तथा समृद्धिको कामना गर्दै मनाइने जितिया पर्वको खुसीयालीबीच भएको यस दुःखद घटनाले देवताल गाउँपालिका–६ र आसपासको सिङ्गो गाउँ शोकमा डुबेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर