२२असोज, बारा। सशस्त्र प्रहरी र राजस्व टोलीले बाराको कलैया उपमहानगरपालिका-४ स्थित राजेश केशरीको घरमा छापा मारी ८ लाख ६२ हजार रुपैयाँभन्दा बढी मूल्यका कर छलीका अवैध सामान बरामद गरेको छ।
कर छलीका सामान भण्डारण गरी राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बारा, आन्तरिक राजस्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले बुधबार खानतलासी गरेको हो।



खानतलासीका क्रममा मोबाइलका पार्ट्स, इलेक्ट्रोनिक्स, किराना तथा सुर्तीजन्य सामानहरू बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए। बरामद सामानको कुल अन्दाजी मूल्य ८ लाख ६२ हजार ८ सय ६५ रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।









