२२ असोज, बारा । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमानको कुटपिटबाट घाइते भएकी ४७ वर्षीया सुकुमाया मोक्तानको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा उनका ५५ वर्षीय श्रीमान् विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार असोज २१ गते घरायसी विवाद हुँदा विजयले सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी उनको स्थानीय मेडिकलका चिकित्सकबाट घरमै ल्याएर उपचार गराइएको थियो। उपचारपछि सोही दिन राति खाना खाएर सुतेकी उनी असोज २२ गते बिहान ४ बजेतिर उठाउन खोज्दा मृत फेला परेकी हुन्।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारा पठाइएको छ। प्रहरीले आरोपी विजयलाई नियन्त्रणमा लिएर घटनाको कारण तथा कुटपिट र मृत्युको सम्बन्धबारे थप अनुसन्धान अघि बढाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर