२६ असोज कलैया। कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पुरुषोत्तम सिंह पाण्डेको आज सोमबार असामयिक निधन भएको छ।

वडा अध्यक्ष पाण्डेको निधनको खबरले सम्पूर्ण कलैया उपमहानगरपालिका परिवार, स्थानीय बासिन्दा तथा राजनीतिक वृत्त स्तब्ध र मर्माहत बनेको छ। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

उनको निधनको शोकमा उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय समेत गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर