२७ असोज, बारा। बडा दसैं शारदीय नवरात्रि को तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको विधिपूर्वक पूजा-आराधना गरिरहेका छन्। मस्तकमा घण्टीको आकारको अर्धचन्द्र सुशोभित भएकाले देवीको यो रूपलाई ‘चन्द्रघण्टा’ भनिएको हो।

दश वटा हातमा अस्त्र-शस्त्र धारण गरेकी र सिंहमा सवार माता चन्द्रघण्टाको पूजा गर्नाले साहस, पराक्रम र मानसिक शान्ति प्राप्त हुने धार्मिक विश्वास छ।

आजको दिन बिहानै स्नान गरी चोखो कपडा लगाएर पूजास्थलमा माता चन्द्रघण्टाको प्रतिमा वा चित्र स्थापना गरिन्छ। त्यसपछि कलश पूजासँगै देवीलाई जल, चन्दन, अक्षता, रातो वा पहेंलो फूल र धूप-दीप अर्पण गरिन्छ। माता चन्द्रघण्टालाई विशेष गरी दूध वा दूधबाट बनेका परिकार (खिर/पेडा) को भोग लगाउने परम्परा छ। पूजाको अन्त्यमा दुर्गा सप्तशती वा देवी मन्त्र (ॐ देवी चन्द्रघण्टायै नमः) जप्दै आरती गरी प्रसाद वितरण गरिन्छ।

आजका दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर