२७ असोज, बारा। जंगलमा उडिरहेका मौरीको टोकाइबाट स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्।
पिलुवाबाट हेटौँडातर्फ जाँदै गरेको लु. ४४ प ३१४४ नम्बरको स्कुटरमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१९ का २७ वर्षीय आमोद वि.क. र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी वि.क. मंगलबार बिहान करिब १०:५० बजे मौरीको आक्रमणमा परेका हुन्।



घाइते दुवै जनाको सिमरास्थित सिटी स्टार अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चालक आमोदको अवस्था मध्यम र प्रमिलाको अवस्था सामान्य रहेको छ। घटनापछि पथलैया प्रहरी चौकीबाट हवल्दार दीपेन्द्र साहको टोली घटनास्थल पुगेको थियो। स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ।









