३१ असोज, बारा। बडादसैंअर्थात् नवरात्रको सातौँ दिन आज देशभरका दशैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। असोज शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

दसैँको सातौँ दिन अर्थात् आजैका दिन पूजा कोठा वा दसैँ घरमा शास्त्रीय विधिअनुसार फूलपाती पनि भित्र्याइँदै छ। उखु, हरियो सामा, हल्दीको बोट, धानको बाला, बेलपत्र, अशोक, जयन्ती, केराको बोट र मानमानव गरी नौ प्रकारका पल्लव (नवपत्रिका) लाई शुभसाइतमा भित्र्याउने परम्परा छ।

गएको असोज २५ गते आइतबारका दिन घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरू भएको बडादसैँको रौनक फूलपाती भित्र्याएसँगै थप बढेको छ। असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष आराधना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने गरिन्छ।

आजका दिन देश भरीका विभिन्न शक्तिपीठ, मन्दिर र दसैँ घरहरूमा विशेष पूजा-आराधना र फूलपाती भित्र्याउने कार्यक्रम आयोजना गरिएको छ। शक्तिपीठहरूमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर