बिश्वास सम्बादाता
कपिलवस्तु,असोज ३१
वडा दसैँ, विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा ‘सामुदायिक सुरक्षा जालो’ले शुभकामना आदानप्रदान तथा संस्थागत अन्तरक्रिया कार्यक्रम शिवराज नगरपालिका ६ हनुमान गायत्री मन्दिर गौराभारीको हलमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय महिला, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो। चाडपर्वको अवसरमा आपसी सद्भाव, एकता र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै जालोका अध्यक्ष तौलेश्वर चौधरीले चाडपर्वले समाजमा आपसी भाइचारा, मेलमिलाप र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। साथै, समुदायमा महिलाको सुरक्षा, अधिकार, सामाजिक न्याय तथा महिला सशक्तीकरणका विषयमा संस्थागत सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा चौधरीले जोड दिएका थिए।
कार्यक्रममा सामुदायिक सुरक्षा जालोका प्रतिनिधिहरूका साथै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा इन्टरनेसनल फेमिनिस्ट फोरम (IGFF) को सहयोग तथा नमुना युवा महिला सञ्जाल समूह र सामुदायिक सुरक्षा जालोको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।
सो अवसरमा सामुदायिक सुरक्षा जालोको उपाध्यक्ष शुभावती केवट,सचिव दानेश्वरी पाल,कोषाध्यक्ष शोभा कुर्मी एवं सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर