१ कार्तिक , बारा। हुलाकी राजमार्गअन्तर्गत बाराको महागढीमाई नगरपालिका–१ स्थित प्लाई फ्याक्ट्री चोकमा आइतबार दिउँसो भारतीय स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (बीआर १९ जी ९९२१) को स्कार्पियोले विपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धिरज यादवको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय नगेश साह (मध्यम घाइते) र १८ वर्षीय अरुण यादव (सामान्य घाइते) को एलएस न्युरो अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीले स्कार्पियोसहित चालक रौतहटको परोहा–३ का ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर