४ कार्तिक, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित ब्रम्हबाबा चौर नजिकैको कुलो (नहर) मा बुधबार बिहान एक पुरुषको शव फेला परेको छ।
मृत भेटिनेमा स्थानीय करिब ५५ वर्षीय हरिनारायण सहनी (बिल्टु) रहेका छन्। मंगलबार राति घर नफर्किएपछि परिवारजनले उनको खोजी गरिरहेका थिए। बुधबार बिहान उनकी श्रीमतीले कुलोमा शव देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्।



घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय जीतपुर/सिमराबाट प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान र जानकारी संकलन सुरु गरेको छ। मृत्युको स्पष्ट कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









