अजमल अन्सारी,सुनसरी ।जिल्ला प्रहरी कार्यालय सुनसरीको सुविधा सम्पन्न नयाँ भवनको उद्घाटन गरिएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको समुदघाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले गर्नुभएको छ ।

कोभिड –१९ का कारण स्वास्थ मापदण्ड अपनाउदै सानो संख्याको उपस्थितिमा कार्यक्रम आयोजना गरी नवनिर्मित भवनको समुदघाटन गरिएको हो । क्षेत्रीले नेपाल सरकारको नौ करोड ३६ लाख ६७ हजार १२० रुपियाको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन उद्घाटन गर्नुभएको छ । समुदघाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको अक्षरस पालना गर्दै अपराध न्युनिकरण गरेको बताउनुभयो ।

वहाँले प्रहरी प्रधान कार्यालयमा १५ दिन अगाडि गरिएको वार्षिक समिक्षाबाट अपराध न्यूनिकरण भएको जानकारी दिनुभयो । गत वर्ष भन्दा २१६ प्रतिशतले फरार अपराधी पक्राउ गरिएको र राजश्व संकलनमा कोभिडको महामारीले सिमा नाकाहरु वन्द भएता पनि गत वर्षका भन्दा ३३ प्रतिशत वढी संकलन गरिएको बताउनुभयो ।

क्षेत्रीले बढदै गरेको शहरिकरणको वावजुत पनि यस वर्ष ४.४ प्रतिशत अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई वस्तुगत बनाई सीसीटीभी जडान गर्न प्रविधियुक्त प्रहरी कार्य, राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्धाको बारेमा हरेक महिनाको अन्तमा मूल्याङ्क् गर्ने गरिएको बताउनुभयो ।

महानिरीक्षक क्षेत्रीले भन्नुभयो, “आम जनताले समस्या पर्दा पहिला भगवान, दोस्रोमा आफ्नो परिवार सहित आमाबुवा र त्यस पछि प्रहरी अर्थात मिन इन बल्यू अर्थात प्रहरीलाई बनाउने हुदाँ मलाई प्रहरी सेवाबाट आत्मा सन्तुष्टि दिन्छ, साथै संचारकर्मी मित्रहरुलाई सकारात्मक कुराहरुलाई जोडी समाजमा सकारात्मक संदेश पुर्याउन आग्रह गर्दछु ।”
वहाँले थप्नुभयो “ प्रहरी प्रतीको आस्थालाई कायम राख्न सबैमा पेशाप्रतिको इमान्दारिता अवश्यक छ, साथै नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले सेवामा अझ गुणस्तरतियता वढाउनु पर्ने देखिन्छ ।

”महानिरीक्षक क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभगि हुन सबैमा अनुरोध गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको १६ कठ्ठा ५ धुर जग्गामा सुविधा सम्पन्न कार्यालय भवन एक, हिरासत भवन एक, व्यारेक भवन तीन, नागरिक सहायता कक्ष एक समेत साना ठूला गरी ६ वटा भवनहरु र वरिपरी पर्खाल समेत निर्माण सम्पन्न भएकोले उद्घाटन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वधार निर्देशनालयको भूकम्प प्रतिरोधात्मक डिजाईनमा दुई चरणमा निर्माण भएका भवनहरु गौरी पार्वती÷कोशी एण्ड न्यौपाने जे.भी. नयाँ बानेश्वर –१० काठमान्डौ र आशिर्वाद निर्माण सेवा प्रा.ली. त्रियुगा–७ उदयपुरले संपन्न गरेका हुन । भवन उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक ई.नितिन कुमार लाखेले भवन निर्माण प्रतिवेदन पेश गर्नुभएको थियो भने ईनरुवा नगरपालिका प्रमुख राजन मेहताले शुभकामना मन्तव्य राख्नुहुदै नेपाल प्रहरीको कार्य उदाहरणीय रहेको थप जनमैत्री काम गर्न प्रहरीले अनुशासनको पालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मेहताले प्रहरी जनताको नजिकको साथी समेत भएको र आपतविपतमा सम्झिने नेपाल प्रहरी भएकाले त्यसमा कार्यरत्त रहनुभएका प्रहरीहरुलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । मेहताले महानिरीक्षक क्षेत्रीलाई नेपाल प्रहरीलाई नमुना बनाउन र त्यसमा आक्रर्षण गर्न थप कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शुभकामना मन्तव्य दिनुभएको थियो । वहाँले प्रहरीको कार्यलाई थप उत्कृट रुपमा सम्पादन गर्नका लागि भौतिक पूर्वाधार र भवनले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुनसरी प्रहरीलाई भवन निर्माण लगायत भौतिक संरचना निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष तथा प्रमुखहरुलाई सम्मान गरिएको छ ।

प्रहरीले ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
त्यसैगरी उद्घाटन समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरीहरु प्रहरी उपरीक्षक कमल थापा, प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की, प्रहरी निरिक्षक जयदेव माझी र प्रहरी सहायक निरिक्षक भक्तवहादुर विष्ट तथा सुनसरी प्रहरीका सहयोगीहरुमा संचारकर्मी अमर काफ्ले, अधिकारकर्मी सरिता कार्की (घिमिरे), रोहित निरौला र पुरुषोत्तम भण्डारीलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।

त्यसैगरी निर्माण व्यवसायी चुडामणी पौडेल, दिलिप लिम्वु, ऐयुव मियाँ र गफुर मियाँलाई प्रमुख अतिथी प्रहरी महानिरीक्षक क्षेत्रले कदर पत्र वितरण गर्नुभएको थियो ।

नयाँ भवनको निर्माणवाट कार्य मैत्री वातावरण वन्नुका साथै प्रहरीले दिने सेवा प्रवाहमा समेत सहजता आएको सुनसरीका प्रहरी प्रमुख संजय सिंह थापाले स्वागत मन्तव्यका क्रममा राख्नु भएको थियो । १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार वि.सी.सबै सहभागीमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर