कलैया । बिरगंज स्थित नारायणी अस्पताल मा अख्तियारले सोमबार छापा मारेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको टोलीले छापा मारेको हो ।

अस्पतालको फार्मेसीमा एक करोडभन्दा बढी हिनामिना भएको, औषधिको म्याद गुज्रिएकोलगायतका सूचनाको आधारमा अख्तियार को हेटौंडा टोलिले छापा मारेको हो । अस्पतालमा फार्मेसी स्थापना भएको समयदेखिको औषधिको कागजपत्र, हिसाबकिताब, औषधिको बारेमा जानकारी लिने र बुझ्न थालिएको आयोगले जनाएको छ ।

नारायणी अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न बाँकी छ भने मौज्दात शून्य छ । फार्मेसीमा भएको औषधिको मूल्यांकन ३० लाख रुपैयाँ मात्र भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर