कलैया । कलैयामा गुडी रहेको ट्याम्पुको चक्का फुत्किदा आठ जना घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ११ बिसम्भरपुरस्थित मटिअर्वा कलैया सडक खण्डमा मटिअर्वाबाट कलैया तर्फ आउदै गरेको ना.२ ह.५३७२ नं. को अटो ट्याम्पुको अगाडिको चक्का अचानक फुत्किएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

घाइते हुनेमा भारत बिसुनपुर्वा बस्ने २५ वर्षीय रमिता देवी, सोही ठाउँ बस्ने २ वर्षीय प्रिती कुमारी, भारत भौनहरी बस्ने ६५ वर्षीय राजमती देवी पासवान, सोही ठाउँ बस्ने ७० वर्षीय पार्वती देबी, १ वर्षीय प्रिन्स कुमार मडंल, प्रसौनी गाउँपालिका वडा नम्बर १ खुटवा बस्ने ४६ वर्षीय बिष्णुदेव मंडल, देवताल गाउँपालिका वडा नम्बर ३ कचहरीया बस्ने ५५ वर्षीय दशै ठाकुर लोहार, कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा बस्ने १७ वर्षीय अनिस कुमार साह रहेका छन् ।

घाइते सबैको उपचार कलैया अस्पतालमा भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । ट्याम्पु चालक अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर