नेपाली काङ्ग्रेस एउटा प्रजातान्त्रिक तथा लोकतान्त्रिक पार्टीको रूपमा चिरप्ररिचित पार्टी भएतापनि पछिल्लो समय आफैमा चुकिए र तल्लो स्थानमा पुगेको पार्टीको रूपमा चिनिन आएको छ ।
यो हुनुको कारण पार्टीका मुख्य नेताहरुको व्यबहार प्रति जान्छ र काङ्ग्रेसको कुरा गर्दा आफू सत्तामा आउँदा वा रहदा तल्लो तह देखिनै खिचलो प्रबृत्तिमा र लोभलाभमा आर्षण हुन जान्छ । र कार्यकर्ता प्रतिको उत्तरदायी नेता हुदैन त्यसैको कारण चुनावी माहोल मा चुक्ने सम्भावना हुन्छ ।
अहिलेको समयमा केही सुधार भएतापनि धेरै जसो तहमानै नेताको गैरजिम्मेवारका कारण पार्टी कमजोर भएको देखिन्छ । कमि कमजोरीलाई सबै क्षेत्रका नेताहरुले ध्यान दिएर कार्यकर्ता र जनता प्रतिको उत्तरदायी नेता हुनेहो भन्ने काङ्ग्रेस प्रतिको लोकतान्त्रिक छबि मैउलाउछ होलाकी।
अब कुरा गरुम नेपालमा रहेका कम्युनिष्ट पार्टीका नेपालमा कम्युनिष्ट पार्टी भन्ने सब्द निकै पछिल्लो समयमा आएतापनि केही समय सत्तामा रहदा बलियो रहेको पार्टीका रूपमा चिनिन आएको थियोे । र यो सबै काङ्ग्रेस प्रतिको माैकाको फाइदा उठाएको हो। किन भन्ने कम्युनिष्ट भनेको काङ्ग्रेसिहरुलाइ लोभ र लाभको आकर्षण दिई कुरा दिन खोज्छन् । र उनिहरुले काङ्ग्रेसको कमजोरी पत्ता लगाउछन् र उनिहरु कार्यकर्ता प्रति उत्तरदायी र वफादार हुन् खोज्छन् त्यसैको कारण बलियो हुन खोजेको देखिन्छ ।
हामी आज सम्झौ त हिजो उनिहरु नै सत्तामा रहदाको कार्यकर्ताप्रतिको व्यबहार र आचारण लाई हेर्दा काङ्ग्रेस र कम्युनिष्टबिचको भिन्नता छुट्टाउन सकिन्छ । किन भन्ने कम्युनिष्ट सत्तामा रहदा आफ्ना कार्यकर्ता तथा पार्टीका आसेपासे र आस्थावहान लाई ठाँउठाउँमा रोजगार आ-आफ्ना कार्यकर्ताको ठाउँमा गर्ने बिकास फरक देखियो । र आफू सत्तामा रहदा वा नरहदा नि कार्यकर्ता चिने गर्छन र कार्यकर्तालाई च्यापेर झुटा आकर्षण दिने हुदा बलियो बन खोज्छन् । अब यो समय काङ्ग्रेसमा नि आएको छ ।
अहिले को समयमा यसै माैका र बिपि वादको बिचारलाई बोलिमा होइन व्यबहारमा लागू गरियो भन्ने काङ्ग्रेस १ दशक होइन सयौं दशक टिक्न सकिन्छ। र यसैलाई मुलधार मान्नु पर्छ हाम्रा मुख्य नेता ज्युहरुले हामी काङ्ग्रेसि जनमा भन्ने व्यबहार छ नेता महान हुन भन्ने त्यो होइन कार्यकर्ता जनता र पार्टीप्रति आस्थावहान ब्यक्ति महान हुन् भन्ने आस्था हुनु पर्ने देखिन्छ । काङ्ग्रेसि जनमा यो मेरो काङ्ग्रेस को एउटा् सिपाहीको रूपमा व्यक्त गरेको बिचार हो कसैसँग मेल खाएमा क्षमा प्रार्थी छु। जय नेपाल जय काङ्ग्रेस ।
–लेखक
सबिन जंग कार्की
नेविसंघ नेता नेपाली काङ्ग्रेस सुनसरी इनरुवा नगर सदस्य हुन् ।