वीरगञ्ज । वीरगञ्जको बहुअरीमा भारतीय नम्बर प्लेटको एलपी ग्यासको ट्यांकरले साइकिललाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

एन एल ०१ एबी ४३७३ नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर २ पिप्रा बस्ने ३० वर्षीय लालबाबु साहको मृत्यु भएको हो ।

साइकलमा चढेर वीरगञ्ज आउँदै गरेका साहलाई बुलेटले किचेर फेरी ब्याक गरेर पुनः कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्कर दिने बुलेटका चालक भारतको मुज्जफरफुर निवासी २६ वर्षीय ललन कुमार रायलाई बुलेटसहित नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर