जनकपुरधाम ।प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । एमालेका १० जनाले भौतिक र एक जनाप्रदेश सांसदले पत्र मार्फत बिहीबार प्रदेश २ को अस्थायी राजधानी जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन । सनाखत गर्नेहरुमा सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् । एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्र मार्फत सनाखत गरेका हुन ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन । त्यी मध्ये ११ जना बिहिवार नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन । एमालेमा पहिले माधव नेपाल पक्षमा १३ सांसद रहेका थिए । माधव नेपाल पक्ष का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिएका हुन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर