कटहरिया । रौतहट जिल्लाको प्रभावशाली नेता माओवादी केन्द्र कटहरिया नगर संयोजक नसरूदिन अंसारीको पहलमा नया ट्रान्सर्फमर जडान भएको छ ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ टोल डुमरियामा नेता अन्सारीको विशेष पहलमा मौलापुर विधुत प्राधिकरण केन्द्र शाखाले नयाँ जडान गरेको छ।

डुमरिया को चिनी मिल नजिक रहेका दलित समुदायको बसोवास रहेको गाउँमा विगत देखि नै विधुत को समस्या भोगदै आएका नागरिकको गुनासो सुनेर अन्सारीले आफ्नै पहलमा सो ट्रान्सर्फमर जडान गराउन लागि परेको स्थानियले बताउनु भयो ।

उक्त वडाको दलित समुदाय को जनताहरू दैनिक गुनासो पोखदै आईरहेको भएपनी अरुले ध्यान दिएन्न तर नेता अन्सारीले आफुहरुको समस्यालाई आफ्नो ठानी लागि परेको बिर्ती प्रस्टोकाका वाजुल मियाले सुनाए । मौलापुर विधुत प्राधिकरण केन्द्र को शाखा प्रमुख शक्ति साहले नेता अन्सारीले जनगुनासो सम्बोधन गर्न निरन्तर घच्घचाउने गरेको बताए ।

जनताको समस्यालाई समाधान गर्न नयाँ ट्रान्सर्फमर जडान गरिएको साहले बताए । समाजसेवीको रुपमा समेत चर्चित यूवा नेता अंसारी सानैदेखी समाज सेवामा समर्पित कटहरिया सहित जिल्लाकै चर्चित नेताका रुपमा स्थापित रहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर