कलैया । जागिर लगाई दिन्छु भन्दै ७ लाख भन्दा बढी रकम ठगी गर्ने १ जना रौतहट बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको यमूनामाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४२ को विनय राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी ले गौर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २२ को सुधिर कुमार झाको जाहेरीले कुर्मी लाई पक्राउ गर्न सफल भएको हो ।

कुर्मीले गौर नगरपालिका वडा नं. ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा झा लाई बोलाई प्रलोभन र गफ लतमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, प्रहरीको खाली ठाउँमा जागरी लगाईदिन सक्छु । जागिर लागेन भने विदेशमा राम्रो काममा पठाई दिन्छु, भनी ५ जना बाट ७ लाख ५५ हजार ठगी गरेको आरोपमा प्रहरी ले पक्राउ गरेको हो ।

ऊनी ठगी गरी फरार रहेकोले खोजतलास गर्ने क्रममा लुकी छिपि बसि रहेको अवस्थमा भदौ १६ गते यमूनामाई गाउँपालिका वडा नं. १ सुकदेवचौक बाट पक्राउ गरिएको हो ।

उनलाई ठगी सम्वन्धि कसुर अन्तर्गत सम्मानित जिल्ला अदालत रौतहट बाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर