पर्सा । प्रायः भारतीय पर्यटकहरुकै भरमा सञ्चालित सिमाना क्षेत्रका होटल व्यवसायीहरु नाम मात्रैको निषेधाज्ञाका कारण धरासायी अवस्थाबाट गुज्रिरहेका छन् ।
भारतसँग खुला सिमाना जोडिएको पर्सा जिल्लास्थित वीरगञ्जका होटल व्यवसायीहरु थिलथिलो परेका छन् ।
भारतीय सिमानाबाट निर्बाध रुपमा मानिसको आवागमन भइरहे पनि सवारी साधनको आवागमनमा लगाइएको रोक नहटाउँदा होटल व्यवसायीहरु मारमा परेका हुन् ।

बजार, व्यवसाय, विद्यालय, होटल, रेस्टुरेन्टसँगै फिल्म हलहरु समेत खुलीसकेको अवस्थामा नाकाबाट सवारी आवागमनलाई हाल सम्म पनि बन्द गर्नुको पछाडि सरकारको के स्वार्थ भन्ने प्रश्न पनि उब्जिएको छ । यद्यपी आन्तरीक पर्यटनहरुले मात्रै यहाँका होटल व्यवसायीहरु चल्न सक्ने अवस्था छैन । अँझ भन्ने हो भने सिमा नाकासँग जोडिएको शहरका होटलहरु छिमेकी राष्ट्रकै पर्यटकको भरमा चल्छन् ।

होटेलतथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार धेरै व्यवसायीहरु कोरोना महामारीकै कारण व्यवसायबाटै पलायन हुने अवस्थामा छन् भने कत्ति व्यवसायी पलायन भइसकेका छन् ।

भारतीय नीजि सवारीसाधनको आवागमन तत्काल नखोले सम्म होटल व्यवसायले गती लिन नसक्ने अध्यक्ष पन्तको भनाई छ । पन्त थप्छन्, ‘सिमानामा सर्वसाधारणको पैदल आवागमन र अन्य गतिविधि सामान्य अवस्थामा फर्किइ सकेको हुँदा गाडी मात्रै रोक्नुको कुनै तुक छैन ।’

व्यवसाय नचल्दा बैंकको ब्याज, होटेलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत लगायत नियमित खर्चको भार बढिरहेको पन्त बताउँछन् ।

सबै सरोकारवालाले सवारी आगमन खोल्ने आश्वासन दिए पनि हालसम्म खोल्ने तर्फ कसैले पहल नगरेको पन्तको भनाई छ ।
अहिले सीमावर्ती क्षेत्रका नेपाल र भारत दुवैतर्फ संक्रमण नगण्य रहेको र अन्य दिनचर्या सामान्य जस्तै रहेकाले गाडीको आवागमन तत्काल खुलाउनु पर्ने व्यवसायीको माग छ । स्थानीय स्तरबाट माग सम्बोधन नभएको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई नै भेटेर आग्रह गर्ने योजना बनाएका छन् ।

व्यवसायीले यसबारेमा स्थानीय जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पटकपटक आग्रह गरिसकेका छन् । केन्द्रको संयोजक रहेका प्रमुख जिल्ला अधिकारीले यो केन्द्रको निर्णय भएकाले आफूले केही गर्न नसक्ने बताउँदै आएका छन् ।
जिल्लाका प्रशासकहरू सिमानाबाट सर्वसाधारणको आवागमन रोक्न नसकिने स्वीकार गर्छन् ।

सवारी आवगामनमा रोक कायमै रहेपछि सर्वसाधारण पैदल हिँडेर सिमाना आरपार गर्न बाध्य छन् । पैदल आउजाउ नरोकिनु, तर सवारी चलाउन नपाउँदा सीमा क्षेत्रबाट आवागमन अस्तव्यस्त बनेको छ । यसले कोरोना संक्रमणको जोखिम झन् बढाएको विश्लेषण व्यवसायी र सरोकारका पक्षको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर