ब्रिजेश गिरी , कलैया । पर्सा प्रहरी ले ठुलो परिणाममा पटका नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएका चेकिङ्ग टोलीले जिल्ला को विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १ लाख ५० हजार मुल्य बराबरको पटाका, अतिशबाजी तथा अन्य बिष्फोटक पदार्थलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिषरमा संचारकर्मीको उपस्थितिमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।प्रहरी ले रकेट पटाका ३५ पाकेट , नागिन १२५० प्याकेट , फुलझरी ८०० पिस,रकेट फुलझरी १२० प्याकेट , बिडी पटाका ७ बोरा , कोबरा र बिडी ६ कार्टुन , चक्लेट पटाका ४० प्याकेट , झिरझिरे १०० प्याकेट , टेन शुट १०० प्याकेट , सतरंगी २० प्याकेट , सेभेन सटस , २० प्याकेट , स्काइ रेड १५ प्याकेट नष्ट गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर