आश्मा प्रबिण , कलैया । स्थानिय तह खानेपानी सरसफाइ तथा स्वच्छता छेत्रगत सुशासन सुदृढीकरण कार्यक्रम सन्चालन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा कलैयालाई खानेपानी सरसफाइ र स्वच्छता का लागि कसरी अगाडी बढ्ने यसको कार्य दिशा,नीति निर्माण लगायतका बिषयमा जानकारी गराईएको नेपाल नगरपालिका संघका कार्यक्रम प्रमुख उमाशन्कर यादबले जनाएका छन । निस्केको पानी अमृत भएपनी सहि ब्यवस्थापन बिना हामिले शुद्ध पानी खानुबाट बन्चित हुनुपरेको बिज्ञहरुले बताएका छन ।

स्थानिय सरकारले नियमित पानी परिक्षण गर्नुपर्ने ब्यवस्था हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन । नेपालको सम्बिधानको ३५(४) मा स्वच्छ खानेपानी र सरसफाइलाई नागरिकको मौलिक हकका रुपमा राखिएकाले यसमा सबै सचेत हुनुपर्ने बताए । दिगो बिकासका लक्षमा समेत सन २०३० सम्ममा सबैको निम्ति सुरक्षित र किफायती खान सकिने खानेपानी को सर्व ब्यापी मान्यता अनुसार लक्ष्य लिइएको उमाशन्कर यादबले बताए ।

कार्यक्रममा कलैयाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,उप सचिव प्रल्हाद बर्णबाल,नेपाल नगरपालिका संघ का निर्देशक कलानिधी देवकोटा, प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,खानेपानी सरसफाइ डिभिजन कार्यालय बाराका फोकल पर्सन बिरेन्द्र प्रसाद कुम्हार,कलैयाको लेखा अधिकृत दिब्या सरार्फ,नेपाल खानेपानीका सुरेन्द्र पाण्डे,जन स्वास्थ अधिकृत रामेश्वर शर्मा,द एसिया फाउन्डेसनका नजबुल्लाह अन्सारी,अगुवा प्रज्वलक हिरालाल चौधरी,युनिसेफको वास अधिकृत सुनिता केसि,नेपाल नगरपालिका संघको प्रदेश ब्यवस्थापक मनोज कुमार साह,वडा नम्बर १५ का अध्यक्ष शेषनाथ साह,कलैया उपमहानगरको अफुवा प्रज्वलक राम सुन्दर चौधरी,सुचना प्रबिधि अधिकृत सुरेश यादब लगायत ५० जनाको सहभागिता रहेको थियो ।

नेपाल नगरपालिका संघको आयोजना तथा युनिसेफको सहयोग एवम नेपाल सरकार को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम को सन्चालन कलैया उपमहानगरको बाताबरण शाखा प्रमुख रामजी मण्डलले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर