
कलैया । नेकपा एमाले बाराको अध्यक्षमा बिनोद साह निर्विरोध निर्वाचित भएका छन् । साह यसअघि एमाले बाराको उपाध्यक्ष थिए ।
१० औं अधिवेशनबाट साहले पार्टीको भावी कार्यकालका लागि नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् । जिल्ला को सदरमुकाम कलैया मा घर भएका उनी लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् ।उनी पहिले कलैया उपमहानगरपालिका को नगर प्रमुख को प्रत्यासी थिए ।
१० औं अधिवेशन बाट अध्यक्ष साह सहित सबै पधाधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उपाध्यक्षमा टिना सुवेदी निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा अध्यानन्द पाण्डे , सह-सचिवमा अमृत शर्मा बजगाइ , भुलन चौधरी सहित १३५ सदस्य निर्विरोध निर्वाचित भएका हुन ।