कलैया । प्रदेश २ को राजधानी जनकपुरधाम बनाउने प्रस्ताव जनता समाजवादी पार्टी (जसपा) ले गरे पनि उक्त पार्टीको सांसद दुई चिरा मा परेका छन् ।

जसपा नेता समेत रहेकी प्रदेश सभा सदस्य करिमा बेगमले पार्टीको निर्णय नमान्ने र वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउनु पर्ने धारणा ब्यक्त गरेकी छिन । आइतवार प्रदेश सभाको बैठकमा बोल्दै बेगमले वीरगञ्जलाई राजधानी नबनाए प्रदेशबाटै अलग हुने धम्की दिएकी छिन् ।

वीरगन्जलाई राजधानी नबनाए उक्त जिल्ला प्रदेश ३ मा जाने बताए । त्यस्तै प्रदेश को नाम र राजधानीको प्रस्तावमा छलफलमा आफुहरु लाई नसमेतिएको समेत गुनासो गरिन ।

उनले, “प्रदेश २ को राजधानी वीरगञ्जलाई नबनाए परिणाम के हुन्छ मलाई पनि थाहा छैन ,” प्रदेश सभाको बैठकमा चर्को स्वरमा भनिन् । उनले प्रदेशको नाम भने मधेस हुनुपर्ने तर्क गरिन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर