
कलैया । प्रदेश २ को प्रदेश सभा बैठक अहिले जारी छ । जारी प्रदेशसभा बैठक पश्चात राजधानी टुङ्गो लगाउनका लागि मतदान हुने कार्यसूची रहेको छ । कार्यसूची अनुसार पहिले राजधानी अनि मात्र नामका लागि मतदान हुनेछ ।
प्रदेशसभाको सचिवालयले सूचना जारी गर्दै प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा छलफल पश्चात पहिला राजधानी र त्यसपछि नामका लागि मतदान हुने जनाएको हो ।